घोराही कारागारका जेलर सहित ७ पक्राउ



घोराही कारागारका जेलर सहित ७ पक्राउ

दाङ १२ पुस। घोराही कारागारका नाइके यमराज परियार फरार भएपछि भगाउन सहयोगी भूमिका खेलेको आशंमा कारागारका जेलर, ३ प्रहरी, होटेलका ब्यबस्थापक र दुई युवती सहित ७ जना पक्राउ परेका छन् ।

घोराहीका जेलर युवराज परियार, कारागारका असइ रुद्रबहादुर सेन, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, घोराही उपमहानगरपालिका वडा नं. १६ रतनपुरकी बिपाशा चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ की समी चौधरी, घोराही होटेल प्याराडाइजका सौजन्ने खनालसमेत गरि सात जना पक्राउ परेको घोराही कारागारको समेत जिम्मेवारी सम्हालेका अमर वलीले जानकारी दिए ।

खनाल यसअघि पनि कारागारको कारबाही भुक्तानी गरेर निस्किएको ब्यक्ति भएको र उनले नै होटेलमा युवति लगाएत अन्य कुरा ब्यबस्थापनको भूमिका खेलेको अनुसन्धान अधिकृत वलीले बताए । घटना अनुसन्धान अधिकृत अमर वलीका अनुसार नाइके फरार प्रकरणमा उनीहरुको मिलेमतोको आशंकामा अनुसन्धानका लागि सात जनालाई पक्राउ गरिएको हो । जिल्ला अदालतबाट सोमबार बेलुकी पक्राउ पूर्जी जारी हुनासाथ उनीहरुलाई पक्राउ वलीले बताए ।

गत आइतबार घोराही कारागारका जेलेर युवराजको जिम्मेवारी खोसिएको थियो । उनको स्थानमा तुलसीपुर कारागारका जेलेर वलीलाई तत्कालका लागि जिम्मेवारी तोकिएको छ । आइतबार नै जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालय तानिएको थियो । अनुसन्धानबाट जेलर परियार आफू बिदामा बसेको बेलामा बीचमा कारागार पुगेर नाइके परियारलाई पुस ८ गते उपचारका लागि अस्पताल लैजान अनुमति दिएको तथ्य खुलेको स्रोतले बताएको छ । कुनैपनि बिरामी नरहेका नाइके परियारलाई छाला सम्बन्धी स्वास्थ्य उपचार गराउन भनेर पठाएको तथ्य उजागर भएको स्रोतले जानकारी दिएको छ ।

नाइके यमराज भागेकै दिन दिउँसो जेलर युवराज र नाइके यमराजको बीचमा समेत फोन सम्बात भएको स्रोतले बताएको थियो । यमराजलाई चौकीदार बनाउनेदेखि नाइके बनाउने सम्मका गतिबधिमा कारागारका जेलर युवराजले प्रक्रिया समेत मिचेको देखिएको स्रोतले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे