सिभिल बैंकको ११ औँ वार्षिकोत्सव : मावि मौरीघाटकी छात्रा पुजालाई पाँच हजार सहयोग



सिभिल बैंकको ११ औँ वार्षिकोत्सव : मावि मौरीघाटकी छात्रा पुजालाई पाँच हजार सहयोग

लालमटिया १२ पुस । सिभिल बैंक लालमटिया शाखाले ११ औँ वार्षिक उत्सव मनाएको छ । राप्ती गाउँपालिका २ लालमटिया बजारमा रहेको उक्त बैंकले आफ्नो ११ औँ वार्षिक उत्सवका अवसरमा सामाजिक उत्तर दायित्व अन्तरगत माध्यमिक विद्यालय मौरीघाटमा अध्ययनरत गरिव तथा जेहेन्दार छात्रा पुजा चौधरीलाई नगद रु ५ हजार आर्थिक सहयोग गरेको छ । बैंकका शाखा प्रबन्धक मेघराज पौडेलले जानकारी दिएका छन् । बैंकले हरेक वर्ष कुनै न कुनै कार्यक्रम गरी प्रत्येक वर्ष वार्षिक उत्सव मनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे