आदिबासी जनजाती पत्रकार संघको अध्यक्षमा प्रेमबहादुर राम्जा चयन



आदिबासी जनजाती पत्रकार संघको अध्यक्षमा प्रेमबहादुर राम्जा चयन

दाङ १२ पुस । आदीबासी जनजाती पत्रकार संघ दाङको अध्यक्षमा प्रेमबहादुर राम्जा चयन हुनुभएको छ । संघको आज भएको ८ औँ जिल्ला अधिबेशनले राम्जाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा दिप्तिशिखा चौधरी, सचिबमा बिमला घर्ती, सह सचिबमा अमिता चौधरी र कोषाध्यक्षमा दिपक घर्ती चयन हुनुुभएको छ । सदस्यहरुमा  टोपेन्द्र रोका, रोम थापा, सुशिला घर्ती, रामप्रसाद चौधरी, सरिता चौधरी, डिला चौधरी तथा सस्थागत सदस्यमा थारु पत्रकार संघ र मगर पत्रकार संघलाई चयन गरिएको छ ।

संघले केन्द्रिय महाधिबेशन प्रतिनिधीमा सबिन प्रियासन, छबिलाल कोपिला, लक्ष्मीमान चौधरी, जेएन. सागर, रिता लामा, रोशनमान श्रेष्ठ र प्रकाश चौधरीलाई चयन गरिएको छ । साथै प्रदेश प्रतिनिधिमा निमुसंगम घर्ती, राजकुमार चौधरी,  शिव घर्ती, जितसागर जिएम, सबिता चौधरी, नवीन चौधरी, इन्द्र चौधरी, शालिकराम चौधरी र जयन्ती चौधरीलाई चयन गरिएको छ ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे