लमहीबाट घोराही तर्फ जाँदै गरेको टिप्परमा आगलागी, मानवीय क्षेती भने हुन पाएन



लमहीबाट घोराही तर्फ जाँदै गरेको टिप्परमा आगलागी, मानवीय क्षेती भने हुन पाएन

लमही ९ पुस । दाङको लमहीबाट घोराही तर्फ आउदै गरेको टिप्परमा आगलागी भएको छ । शुक्रबार साँझ करिव ८ बजेको समयमा लमहीबाट बालुवा लिएर घोराही तर्फ आउदै गरेको रा १ ख २३१२ नम्बरको टिप्परमा आगलागी भएको हो ।

घोराही ३ मुसोटको उकालोमा हिड्दै गरेको गाडीको वाइरिङ सर्ट भएर आगलागी भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरी नायब निरीक्षक उत्तम जिसीले जानकारी दिएका छन् ।

आगलागीबाट मानवीय क्षेती भएको छैन भने गाडीको अगाडीको भागमा पुर्ण रुपमा क्षेती पुुगेको चालक सितल चौधरीले बताए । ओगलागी भएको केहि समयमै आगो नियन्त्रणमा आएको हो ।

आगो प्रहरी चौकी गोग्लीका प्रहरी नायब निरीक्षक गोपाल चन्द, प्रहरी नायब निरीक्षक जिसि र घोराही उपमहानगरपालिकाबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे