बाँकेमा प्रहरी बलात्कृत, रोल्पाका प्रशासकीय अधिकृत पक्राउ



बाँकेमा प्रहरी बलात्कृत, रोल्पाका प्रशासकीय अधिकृत पक्राउ

नेपालगन्ज ९ पुस । सशस्त्र प्रहरीमाथि बलात्कार गरेकाे आरोपमा रोल्पा नगरपालिका रोल्पाका प्रशासकीय अधिकृत सुशील थापा पक्राउ परेका छन्।

उनी विरुद्ध म्याद थप गरेर अनुसन्धान गरिरहेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
सशस्त्र प्रहरीमा कार्यरत एक महिला सुरक्षाकर्मीको जाहेरीपछि जबर्जजस्ती करणी उद्योगमा पक्राउ गरिएको एसपी अधिकारीले बताए।

बाँकेमा कार्यरत शसस्त्र प्रहरीले आफूमाथि जबरजस्तिकरणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्। उनको जाहेरीपछि जिल्ला प्रहरी कार्यालय रोल्पाले पक्राउ गरेर अधिकृत थापालाई बाँकेमा बुझाएको हो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे