माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका सुदर्शन बराल चयन



माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका सुदर्शन बराल चयन

दाङ १ पुस । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल मगर चयन भएका छन् । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो ।

त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराललको नाम टुंगो लगाएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा बराल सर्वसम्मत अध्यक्ष बनेका हुन् । प्रदेश अध्यक्षमा रोल्पाका दीपेन्द्र पुन र दाङका होमराज शर्माले पनि दावी गर्दै आएका थिए । तर उनीहरु दुवै जना २ सय १७ सदस्यीय प्रदेश समितिमै नपरेपछि बराल सर्वसम्मत भएका हुन् ।

प्रदेश समितिका अरु पदाधिकारी भने टुंगो लागेको छैन । बराल लुम्बिनी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री हुन् । माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । माओवादीले मंसिर २५ र २६ गते राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा अधिवेशन सम्पन्न गरेको थियो । २ सय ५३ सदस्यीय समितिमा ११ जना विभिन्न कलष्टरबाट मनोनित गर्ने माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे