तुलसीपुर महोत्सव आज देखि सुरु, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्धारा उद्घाटन



तुलसीपुर महोत्सव आज देखि सुरु, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्धारा उद्घाटन

दाङ १ पुस । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले व्यावसायीक क्षेत्रमा स्वच्छ प्रतिष्प्रर्धा हुनु पर्ने बताएका छन् । तुलसीपुर चेम्बर अफ कर्मशले दाङको तुलसीपुरमा आयोजना गरेको तुलसीपुर महोत्सव २०७८ को विहिवार उद्घाटन गदै उनले हरेक क्षेत्रमा जस्तै व्यावसायीक क्षेत्रमा पनि स्वच्छ प्रतिष्प्रर्धा हुनुपर्ने बताए ।

कसैलाई नाफा र कसैलाई घाटा हुने दृष्टिकोणले नभई स्वच्छ प्रतिष्प्रर्धा हुनुपर्ने बताए । राम्रो कामका लागी जसले पनि प्रतिष्प्रर्धा गर्न पाउनुपर्ने बताउँदै उनले नीजि क्षेत्रले अब आर्थिक समृद्धिका लागी उद्यमशिलता र उत्पादन बस्तु बढाउनु पर्नेमा जोड दिए । देशको व्यापार घाटा कम गर्नका लागी निजि क्षेत्रको महत्वपुणर् भुमिका रहेको भन्दै यस प्रति उद्योगी व्यवसायी लाग्नु पर्ने उनले बताए ।

राम्रा काम र विकासका लागि पछिल्लो समय हरेक सामाजिक संघसंस्थामा समेत खुट्टा तान्ने प्रबृत्ति बढेको भन्दै विकास र समृद्धिको लागी मिलेर अघि बढ्न उहाले व्यावसायीहरुलाई आग्रह गरे । सो अवसरमा बोल्दै नेपाल चेम्बर अफ कर्मश लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोख्रेलले नीजि क्षेत्रलाई राज्यले प्रोत्साहित गर्नुपर्ने बताए ।

राज्यले अल्पकालिन तथा दिर्घकालिन योजना बनाएर निजि क्षेत्रको लगानी प्रर्वद्धनमा जोड दिनुपर्ने बताए । राज्यले राजस्व संकलनमा मात्रै चासो दिने तर निजि क्षेत्रको विकासका लागि खासै ध्यान नदिएको उनले गुनासो गरे । स्वरोजगार,आत्मभिरता हाम्रो आधार, गाउँ देखी शहर सम्म व्यापार विस्तार भन्ने नाराका साथ तुलसीपुरमा महोत्सव सुरु भएको छ । विहिवारबाट सुरु भएको महोत्सव पुस १२ गते सम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे