राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाले तुलसीपुर महोत्सवको उदघाटन गर्ने



राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाले तुलसीपुर महोत्सवको उदघाटन गर्ने

तुलसीपुर १ पुस । तुलसीपुर चेम्बर अफ कर्मशले आयोजना गरेको तुलसीपुर महोत्सव २०७८ को उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले गर्ने कार्यक्रम रहेको छ । महोत्सवको उदघाटन दिउँसो गरिने संचार संयोजक ओपेन्द्र बस्नेतले दिएका छन् । तुलसीपुरको बसपार्कबाट झाँकी सहितको ¥याली निकालीने आयोकले जानकारी दिएको छ ।

पौष १ गतेदेखी १२ गते सम्म सन्चालन हुन महोत्सवको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक तुलसीपुर चेम्बर अफ कमर्स तुलसीपुरले जानकारी दिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले महोत्सवमा स्वास्थ्य उपचार व्यवस्थापन, कलाकारहरुको आमन्त्रण, प्रमुख अतिथिलाइ निम्तो, सुरक्षा व्यावस्थापन, अतिथिहरुलाइ आवासको व्यवस्थापन, स्टल व्यवस्थापन र बुकिङ, वाल उद्धान्न निर्माण लगायत सवै कामहरु सम्पन्न भैसकेको बताए । स्टल व्यवस्थापन समितिले महोत्सव स्थलमा ३ सय २५ वटा स्टल व्यावस्थापन गरीएको जानकारी दिएको छ । त्यसमा २५ वटा स्टल कृषिका रहेका छन् ।

ती स्टलहरु निशुल्क रुपमा उपलव्ध हुने स्टल व्यवस्थापन समितिका संयोजक युवराज नेपालीले जानकारी दिए । त्यसैगरी महोत्सवमा स्थानिय देखि राष्ट्रिय कलाकार सम्मको वेजोड प्रस्तुती रहने महोत्सव आयोजक सांस्कृतिक उपसमितिका संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो । उद्योग, व्यापार, कृषी तथा पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्यले आयोजित महोत्सवमा ५ करोडको आर्थिक कारोबार हुने र ३ लाख दर्शकले अवलोक गर्ने अपेक्षा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे