पत्रकार महासंघ दाङको स्थापना दिवसको अवसरमा २० जनाले रक्तदान गरे



पत्रकार महासंघ दाङको स्थापना दिवसको अवसरमा २० जनाले रक्तदान गरे

घोराही १ पुस । नेपाल पत्रकार महासंघ दाङको २९ औं स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । महासंघको आयोजनामा बिहीबार घोराहीमा रहेको महासंघकै भवनमा सो कार्यक्रम सम्मपन्न गरिएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा गत मंसिर २६ गते बसेको बैठकले पुस १ गतेदेखि ४ गतेसम्म विविध कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आज रक्तदान कार्यक्रममा विभिन्न मिडिया तथा संचार माध्यमका पत्रकार र अन्य गरि २० जनाले रक्तदान गरेका छन् । जसमा जनक नेपाली,सुनिल थापा, जंगबहादुर रेउले, शुबास शर्मा, उदय विसी, अमिता चौधरी, पिताम्बर रिजाल, लिलाधर वली, , चन्द्रप्रकाश नेपाली, श्रीधर पौडेल ,बिनोद न्यौपाने, यमकला भुषाल,अर्पण गिरी, हेमराज नेपाली, तिलक केसी, बिनोद चौधरी,प्रेमबहादुर राम्जा र कमल ओलीले रक्तदान गरेको नेपाल पत्रकार महासंघ दाङका सचिब आरके शितलले जानकारी दिए ।

महासंघको स्थापना दिवसको  अबसरमा भोलि पुस २ गते बंगलाचुलीमा हुने भनिएकाे कार्यक्रम नहुने र भाेली शुक्रबार नेपाल पत्रकार महासंघमा दिउसाे १ बजे “नागरिककाे आँंखामा मिडिया” बिषयक अन्तरक्रीया कार्यक्रम हुने समेत संघका सचिब शितलले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे