कांग्रेस उपसभापति पदको मतगणना सुरु



कांग्रेस उपसभापति पदको मतगणना सुरु

काठमाण्डौ २९  मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केही बेरअघि मतगणना सुरु भएकाे कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

उपसभापति पदमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला, दिव्येश्वरी शाह र महेश आचार्य गरी सात जना प्रतिस्पर्धामा छन् । कांग्रेसमा दुई जना उपसभापति रहने व्यवस्था छ ।

तीन ठाउँमा मतगणना भइरहेको र उपसभापतिको मत गणना सकिएपछि महामन्त्रीको मतगणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । १४ औँ महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे