झन्झट रहित योजना सम्पन्न गर्न लमहीको प्रत्येक वडामा अभिमुखीकरण



झन्झट रहित योजना सम्पन्न गर्न लमहीको प्रत्येक वडामा अभिमुखीकरण

दाङ २९ मंसिर। लमही नगरपालिका वडा नम्बर ७ मा बिकाश निर्माणलाई ध्यानमा राखी योजना सञ्चालन सम्बन्धी अभिमुखीकरण गरिएको छ । बिकास निर्माणलाई सहज तरिकाले छिटो छरितो सम्पन्न गर्न गराउन लमही नगरपालिका योजना शाखाले अभिमुखीकरणको आयोजना गरेको हो ।

प्रशिक्षण तथा अभिमुखीकरणले योजना सँचालन गर्नमा थप सहयोग हुने बिश्वास गरिएको छ । नगरपालिकाले योजना सम्झौता तथा भुक्तानीका लागि आबस्यक कागजातको बिबरण सहितको योजना पुस्तिका समेत सार्बजनिक गरेको छ । पहिले सम्झौता र भुक्तानीका लागि भिन्दाभिन्दै फाईल पेश गर्नु पर्थ्यो भने अब सम्पुर्ण काम योजना पुस्तिका बाट नै हुनेछ ।

अब टोल बिकाश सँस्था तथा उपभोक्ताले योजना सञ्चालन तथा भुक्तानीमा खेप्दै आईरहेको समस्या हट्ने बिश्वास गरिएको छ । यो भन्दा पहिले योजना सञ्चालन सम्बन्धी निकै नै झन्झटिलो तथा खर्चिलो भएको भन्दै चौतर्फी आलोचना भएको थियो । लमही नगरपालिका योजना शाखाले आफ्नो नगरको ७ वटा वडामा अभिमुखीकरण गरिसकेको छ ।

बाँकि २ वडामा पनि तत्कालै अभिमुखिकरण गरिने योजना शाखा प्रमुख तेजा गैरेले जानकारी दिईन । लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कुल बहादुर बुढा मगरको अध्यक्षता तथा लमही नगर प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्य एबम नगर उपप्रमुख देवका बेलबासेको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा लमही नगरपालिका योजना शाखा प्रमुख तेजा गैरेले प्रशिक्षण दिएकी थिईन भने कार्यक्रमको सहजिकरण योजना शाखाकि कोपिला चौधरीले गरेकी थिईन । कार्यक्रममा ७ नम्बर वडामा रहेका टोलबिकाश सँस्थाका पदाधिकारी हरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे