देउखुरीमा ट्रकको पछाडी मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु



देउखुरीमा ट्रकको पछाडी मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

लमही २८ मंसिर   देउखुरीमा ट्रकको पछाडी मोटर साईकल ठोकिदा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ फचकपुर निवासी २० बर्षीय सन्दिप चौधरीको दुर्घटनामा परी मृत्यु भएको हो । सोमबार बेलुका दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालक चौधरीलाई लमही अस्पतालमा सामान्य उपचार गरि भईरहवा रेफर गरिएको थियो ।

चौधरीको भईरहवा मेडिकल कलेजमा उपचारका क्रममा मँगलबार बिहान मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ । चौधरीको खुट्टामा गहिरो चोट लागेको थियो । पुर्ब पश्चिम राजमार्ग अन्तरगत कमानपुर जंगल क्षेत्रमा पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ३३८३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा रा ३ प ३१०२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ट्रकमा ठोक्किएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । गाडी र चालक अहिले वडा प्रहरी कार्यालय लमहीको नियन्तरणमा छन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे