कांग्रेस सभापतिमा देउवाकाे बहुमत पुगेन, देउवा र कोइरालाबीच पुन : चुनाव हुने



कांग्रेस सभापतिमा देउवाकाे बहुमत पुगेन, देउवा र कोइरालाबीच पुन : चुनाव हुने

काठमाडौं २८ मंसिर । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् ।

कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो ।

मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन । अर्का उम्मेदवार शेखर कोइरालाले १७४९ मत पाएका छन् । अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, चौथो स्थानमा रहेका बिमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिएका छन् ।

सभापति चयनका लागि पुन: मतदान हुने

नेपाली कांग्रेसको सभापति चयनका लागि पुन: मतदान हुने भएको छ । दोस्रो चरणमा हुने मतदान आजै गर्ने तयारी निर्वाचन समितिले गरेको छ । मत गणना सकिएलगत्तै निर्वाचन समितिका एक जना सदस्यले भने, ‘ दोस्रो चरणको मतदान आजै गर्ने गरी छलफल सुरु गरिएको छ ।’

आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए तर बुहमत पुर्‍याउन नसक्दा दोस्रो चरणमा मतदान गर्नु परेको हो । कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्छ ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यसअनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । तर सबैभन्दा धेरै मत ल्याएका देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।

दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइराबीच प्रतिस्पर्धा हुने छ । कोइरालाले १७४९ मत ल्याएका छन् ।

तेस्रो भएका प्रकाशमान सिंह श्रेष्ठ, चौथो भएका विमलेन्द्र निधि र पाँचौ स्थानका कल्याण गुरुङ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे