कांग्रेसको निर्वाचनमा ३०७७ मत गणना : १४ सय ६५ मतका साथ देउवा अगाडि, कोइरालाले पछ्याउँदै



कांग्रेसको निर्वाचनमा ३०७७ मत गणना : १४ सय ६५ मतका साथ देउवा अगाडि, कोइरालाले पछ्याउँदै

काठमाण्डाै २८  मंसिर । नेपाली कांग्रेसको सभापतिका लागि मतगणना चलिरहेको छ । अहिले सम्म ३ हजार ७७ मत गनिएको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १४ सय ६५ मत ल्याएका छन् ।

डा.शेखर कोइरालाले ११ सय ३१ मत पाउनुभएको छ । प्रकाशमान सिंहले २५०, विमलेन्द्र निधिले १७३ र कल्याण गुरुङले १२ मत प्राप्त गरेका छन् । ४ हजार ६७९ मत खसेकोमा विजयी हुन २ हजार ३ सय ४० मत चाहिन्छ । कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे