लालमटियामा सञ्चालित माओवादी केन्द्र लुम्बिनी प्रदेशको सम्मेलन सकियो



लालमटियामा सञ्चालित माओवादी केन्द्र लुम्बिनी प्रदेशको सम्मेलन सकियो

भालुवाङ २७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सकिएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा जारी सम्मेलनले २ सय १७ सदस्यीय नयाँ प्रदेश कमिटी चयन गर्दै सकिएको छ ।

शनिबार र आइतवार भएको प्रदेश सम्मेलनबाट २१७ सदस्यीय समिति निर्विरोध भएको हो । निर्विरोध भएका सदस्यहरुलाई सफथ ग्रहण समेत गराइएको छ । प्रदेश कमिटी चयन गरेपनि सम्मेलनबाट पदाधिकारी भने चयन हुन सकेको छैन । माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमले प्रदेश समितिको बैठकले भोली वा पर्सी सम्म पदाधिकारी टुंगो लगाउने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे