प्युठानमा एक विवाहित जोडीले विवाहकै दिनमा विवाहदर्ता गराए



प्युठानमा एक विवाहित जोडीले विवाहकै दिनमा विवाहदर्ता गराए

प्युठान १५ मंसिर । प्युठानमा एक बिबाहित जोडीले बिबाहकै दिनमा बिबाहदर्ता गराएका छन् । ऐरावती गाउँपालिका वडा नं ५ खबाङ्गका सञ्जीव घर्तीमगर र करिस्मा रोकामगरले बिबाहकै दिनमा बिबाहदर्ता गराएका हुन् । व्यक्तिगत घट्नादर्ता ३५ दिन भित्रमा गर्नुपर्ने भएकाले बिबाहकै दिनमा बिबाह दर्ता गराएको बिबाहित जोडीको भनाई छ ।

उनीहरुले अन्यलाई समेत व्यक्तिगत घट्नादर्ता समयमा गर्नका लागि आग्रह गरेका छन् । उनीहरुको ऐरावती गाउँपालिका वडा नं ५ का पन्जिकाअधिकारी (वडा सचिव) प्रवेश चन्द र प्राविधिक लिलामणी सुनारले बिबाहदर्ता गराई दिएका हुन् ।

वडा सचिव चन्दले यस वडामा बिबाहकै दिनमा बिबाहदर्ता गराउने यो पहिलो जोडी भएको बताए । व्यक्तिगत घट्ना दर्ता ३५ दिन भित्र गराएमा निशुल्क हुने र ३५ दिन पछि दर्ता गराएमा दुई सय रुपैयाँ लाग्ने बताए । साथै उनले व्यक्तिगत घट्ना दर्ता ३५ दिन भित्र गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे