देउखुरीकाे मावि मौरीघाटका शिक्षकहरु विद्यालय बन्द गरेर भम्रणमा



देउखुरीकाे मावि मौरीघाटका शिक्षकहरु विद्यालय बन्द गरेर भम्रणमा

भालुवाङ १५ मंसिर । देउखुरीको राप्ती गाउँपालिका—४ मौरीघाट स्थीत माध्यमिक विद्यालय मौरीघाटका शिक्षक तथा विद्यालय व्यवस्थापन समितीका पद्धाधिकारीहरुले आज देखि तीन दिन सम्म विद्यालय नै बन्द गरेर भम्रणमा गएका छन् ।

विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघ र शिक्षकहरुले आफू खुसी निणर्य गरेर मंसिर १७ गते सम्मका लागि शैक्षिक भ्रमण गएका हुन् । उनीहरु शैक्षिक भ्रमण भन्दै बुटवल, चितवन र पोखराका केही विद्यालय र अन्य पर्यटकीय स्थलको भ्रमण समेत गरेका छन् ।

विद्यालयको आन्तरिक कोषको रकमलाई विद्यालयको विकासमा खर्चिनुको साटो अभिभावक र विद्याथीहरु संग समेत सल्लाह नगरी आफू खुुसी भ्रमण गएको भन्दै अभिभावक र विद्यार्थीहरुले विरोध जनाएका छन् ।

उनीहरुले कोरोना भाइरसका कारण लामो समय सम्म पठनपाठन अवरुद्ध भई हाल केही समययता पठ्नपाठन शुरु भएको बेला विद्यालय नै बन्द गरेर शिक्षक र समितीका पद्धाधिकारीहरु भ्रमणमा जानु अत्यन्तै गलत भएको भन्दै विरोध जनाएका छन् ।

सो विद्यालयका अभिभावक र विद्यार्थीहरु आज रेडियो राप्तीको कार्यालयमै आएर विद्यालय बन्द गरेर शिक्षकहरु भ्रमणमा गएको भन्दै गुनासो व्यक्त गरेका थिए ।

विद्यालय बन्द गरेर शिक्षक, विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघका पद्धाधिकारीहरु भ्रमणमा गएपछि विद्यालयको नियमित पठनपाठन ठप्प भएको छ । विद्यालयको पठनपाठन नै बन्द भएपछि विद्यार्थीहरु स्कुल जान र पढ्नबाट समेत बञ्जित भएका छन् ।

यता यस बिषयमा विद्यालयका प्रधानाध्यापक सिता रिजाल संग कुरा गर्दा विद्यालयको बार्षिक कार्यक्रम अन्तर्गत विव्यस, शिअस, शिक्षक र विद्यार्थीहरुको संयुक्त सल्लाह र निणर्य अनुसार स्थानीय सरकारको शिक्षा नियमावली अन्तर्गत विद्यालयले दिन पाउने ५ दिनको स्थानीय बिदालाई कट्टी हुने गरी शैक्षिक भ्रमणमा गएको बताइन् ।

देउखुरी टुडे  र रेडियाे राप्ती संग कुरा गदै प्रधानाध्यापक रिजालले विद्यालयको शैक्षिकस्तर बृद्धिका लागि शिक्षकहरुलाई उत्कृष्ट विद्यालयहरुको भ्रमण गराउन लागेको बताइन् । यो भ्रमणले विद्यालयको शैक्षिक विकास र सिकाई प्रणालीमा थप विकास हुने बताइन् ।

यता यस बिषयमा राप्ती गाउँपालिकाका शिक्षा, खेलकुद तथा युवा विकास शाखा प्रमुख विश्वास विकले विद्यालय नै बन्द गरेर भ्रमणमा जानु गलत कार्य भएको बताए । उनले शिक्षक र विद्यार्थीहरुका लागि शैक्षिक भ्रमण आवश्यक रहेको भएपनि विद्यालय भने बन्द गर्न नहुने बताए ।

देउखुरी टुडे  र रेडियो राप्ती संग कुरा गर्दै शिक्षा शाखा प्रमुख विकले एक दिन वा बढीमा दुई दिन सम्म त्यो पनि सिफ्ट मिलाएर पठनपाठ्न अवरुद्ध नहुने गरी भने विद्यालयले शैक्षिक भ्रमण लैजान मिल्ने बताए ।

उनले लामो समय सम्म कोरोना भाइरसका कारण पठनपाठनमा समस्या बनाएकोले अहिले भ्रमण गर्ने पर्नेभए विद्यार्थी, अभिभावक, शिक्षक र समितीको निणर्य अनुसार विद्यालय बन्द नहुने गरी भ्रमण गराउन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे