राप्ती गाउँपालिकाको २ वटा वडामा जलवायु मैत्री कृषि प्रविधि तालिम सञ्चालन



राप्ती गाउँपालिकाको २ वटा वडामा जलवायु मैत्री कृषि प्रविधि तालिम सञ्चालन

भालुवाङ १५ मंसिर । नामसालिङ सामुदायिक विकास केन्द्रले राप्ती गाउँपालिकाको वडा नम्बर २ र ९ मा जलवायु मैत्री कृषि प्रविधि तालिम सञ्चालन गरेको छ ।

सन २०१७ देखि राप्ती गाउँपालिकालाई कार्यक्षेत्र बनाएर कार्यक्रम तथा योजना सञ्चालन गर्दै आएको केन्द्रको आयोजना, राप्ती गाउँपालिका सँगको समन्वय र विकास कोष नर्वेको आर्थिक सहयोगमा सञ्चालित एकिकृत सामुदायिक विकास परियजना अन्तर्गत राप्ती गाउँपालिकाको वडा नम्बर २ अन्तरगत बाउनीपाटा र वडा नम्बर ९ को जाकिनेगाउँमा जलवायु मैत्री कृषि प्रविधि तालिम सञ्चालन गरिएको होे ।

नामसालिङका कार्यक्रम संयोजक तथा कृषि अधिकृत शशांकबाबु आचार्य तथा कृषि प्राविधिक धन कुमारी चौधरीले सहजीकरण गरेको तालिममा दुई चरणमा ५० जनाको सहभागिता छ । तालिममा जलवायु परिवर्तन र बढ्दो जलवायु उत्पन्न विपदहरुको सेरोफेरोमा कृषिलाई कसरी अनुकूलित गर्दै अगाडि बढाउँदै कृषि उत्पादन वृद्धि गर्न सकिन्छ भन्ने विषयमा सिकाइ आदान प्रदान गरिएको थियो ।

जलवायुमैत्री कृषि प्रणालीले पुराना वातावरण मैत्री कृषि क्रियाकलापहरु देखि नयाँ विकसित कृषि प्रविधिहरुलाई एकीकृत गरी सम्पूणर् कृषि प्रणालीलाई नै वातावरणमैत्री दिगो तथा जलवायु अनुकूल बनाउँने बारे तालिममा प्रशिक्षण गरिएको छ ।

राप्ती क्षेत्रमा अपनाउन सकिने केहि जलवायुमैत्री कृषि प्रविधिहरुमा सघन धान खेती प्रविधि (एसआरआई),एकीकृत शत्रुजीव व्यस्थापन (आईपिएम), एकीकृत मल खाद्य व्यवस्थापन, संरक्षण तथा शून्य खनजोत कृषि प्रविधि, बाली चक्र प्रणाली, मिश्रितबाली/अन्तरबाली कृषि प्रणाली, थोपा सिँचाइ प्रविधि,आकाशे पानीको संकलन प्रविधि, सौर्य उर्जाबाट पानी तान्ने प्रविधि,बायोग्याँस, सामुदायिक बीउ बैँक, कृषि बिमा, धान खेतमा माछा पालन, धान खेतमा हाँस पालन, कृषि वन प्रणाली, बायो चार, मौसममा आधारित कृषि सुझाव प्रणाली रहेको बारे जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे