कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा बलियो र शसक्त नेतृत्व छान्न महरको आग्रह



कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा बलियो र शसक्त नेतृत्व छान्न महरको आग्रह

लमही १५ मंसिर । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा बलियो र शसक्त नेतृत्व छान्न कांगेसका महाधिबेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

सबै ओत लाग्न सक्ने खालको बलियो र राम्रो नेतृत्व भयो भने मात्र सबै अटाउन सक्ने सोही अनुसारको अबको नेतृत्व हुनुपर्ने महरको भनाई छ । उनले केन्द्रीय कमिटिलाई छाताको सज्ञा दिदैे राम्रो छाता भयो भने मात्र मानिस ओत लाग्न सक्ने भएकोले यो महाधिबेशनबाट राम्रो छाता छान्नुहोस जहा सबै ओत लाग्न सकुन महरले भने , राम्रो र बलियो छाता भनेको नेपाली कांग्रेसको १४ औँ महाधिबेशनबाट चुनिने केन्द्रीय नेतृत्व हो , त्यो प्वाल नपरेको नचुहिने बलियो र राम्रो भयो भने मात्र नेपाली कांग्रेस पार्टी शसक्त र बलियो हुनुका साथै सबै ओत लाग्न सक्ने भएकोले सोही अनुसारको नेतृत्व चयन गर्न उनले महाधिबेशन प्रतिनिधिहरुलाई अनुरोध गरे।

नेपाली कांग्रेसको १४ औँ महाधिबेशनमा केन्द्रीय सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरे सँगै देश दौडाहामा निस्कनु भएका नेता महरले आज दाङको लमहीमा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि र जिल्ला तहका नेताहरु सँगको भेटका अबसरमा सो कुरा बताएका हुन् ।

राजनीति भन्दा जनतालाई टाढा राख्न खोज्ने प्रपन्चले नेपाली कांग्रेस बलियो हुन नसक्ने भन्दै राजनीति सँगै जनताका आधारभुत जनजिबीका सँग नजिक भएर जोडिन सक्ने गरि नयाँ नेतृत्व आउनुपर्ने महरको भनाई थियो । सो अबसरमा महरले आफ्नो उम्मेदवारी सँगै आफुले अघि सारेको १४ बुँदे एजेन्डाको बारेमा पनि जानकारी गराएका थिए। कार्यक्रममा नेपाली कांग्रेस दाङ निर्बाचन क्षेत्र नम्बर १ अन्तरगतका महाधिबेशन प्रतिनिधि, जिल्ला पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे