एमालेको सचिवमा पनि ओलीले प्रस्ताव गरेका सबै विजयी, भीम आचार्य र टंक कार्की पराजित



एमालेको सचिवमा पनि ओलीले प्रस्ताव गरेका सबै विजयी, भीम आचार्य र टंक कार्की पराजित

काठमाण्डाै १४ मंसिर । नेकपा एमालेको सचिवमा पनि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै उम्मेदवार विजयी भएका छन् । ओलीको सूचीविरुद्ध उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित भएका छन् ।

सचिवमा गोकर्ण विष्ट, रघुवीर महासेठ, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएका छन् ।

माओवादीबाट प्रवेश गरेका नेताहरू रायमाझी र भट्ट विजयी हुँदा एमालेकै आचार्य र कार्की भने पराजित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे