देउखुरीको लमहीमा एक पुरुष मृत फेला



देउखुरीको लमहीमा एक पुरुष मृत फेला

लमही १४ मंसिर । दाङमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । लमही नगरपालिका वडा नं ५ शिव मन्दिर नजिकै एक घरको च्यानल गेटमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार शवको पहिचान खुलेको छैन । शवलाई लमही अस्पतालको शव गृहमा राखिएको छ । अन्दाजि ३५र४० वर्षका जस्ता देखिने ति पुरुषको मृत्यु हुनका कारण पनि खुलेको छैन । मृतक पुरुषलाई लमही बजारमा हिंडडुल गर्दा बेला बखत देखा परेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे