राप्ती र लमहीमा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइने



राप्ती र लमहीमा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइने

लमही १३ मंसिर । दाङ देउखुरीको राप्ती गाउँपालिका र लमही नगरपालिकामा ३० औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइने भएको छ । राप्ती गाउँपालिकाले अपांगता भएका आधारभुत तथा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराई वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी दिवस मनाउन लागेको छ ।

मंसिर १७ गते गाउँपालिकाको सभाहलमा विहान ११ बजे कार्यक्रमको आयोजना गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् । यता लमही नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आज बसेको बैठकले अपांग ऐन नियमको बारेमा प्रशिक्षण कार्यक्रमको आयोजना गरी दिवस मनाउने भएको छ ।

नगर उपप्रमुख देबका बेल्वासेको अध्यक्षतामा बसेको बैठक बसेको हो । कार्यक्रममा नगरपालिका भित्रका ९ वटै वडाका अपांगता भएका व्यक्तिहरुलाई सहभागी हुन पनि शाखाले सबैमा अनुरोध गरेको छ । बैठकको सहजीकरण लमही नगरपालिका महिला बालबालिका शाखाकी प्रमुख हस्तकुमारी बिकले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे