नेपालमा २४ घण्टामा २ सय ५९ जनामा काेराेना पुष्टि, २ सय ६४ जना निकाे



नेपालमा २४ घण्टामा २ सय ५९ जनामा काेराेना पुष्टि, २ सय ६४ जना निकाे

काठमाण्डाै १३  मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार आठ सय ८८ जनाको नमुना परीक्षण गर्दा दुई दशमलव ६१ प्रतिशत अर्थात् दुई सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६४ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या आठ लाख दुई हजार ६ सय ५३ जना पुगेको छ ।

यही अवधिमा एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय २४ जना पुगेको छ । अहिले नेपालमा ६ हजार नौ सय ४४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ४४ हजार पाँच सय ३४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ८३ लाख ८२ हजार नौ सय ९४ जनाले पूर्ण मात्रा र ९७ लाख २२ हजार नौ सय ६१ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे