समावेशी रेडियो राप्ती स्रोता क्लवले सडक नाटक प्रदर्शन गर्ने



समावेशी रेडियो राप्ती स्रोता क्लवले सडक नाटक प्रदर्शन गर्ने

भालुवाङ १३ मंसिर । रेडियो राप्ती लालमटियाद्धारा गठित समावेशी रेडियो राप्ती स्रोता क्लवले लैंगिक हिंसा सम्बन्धी सडक नाटक प्रर्दशन गर्ने भएको छ । राप्ती गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई थप प्रभावकारी बनाउन आज गाउँपालिकामा राखेकोे सरोकारवाला सँगको दोस्रो बैठकले  स्रोता क्लवलाई जिम्मेवारी दिएर नाटक प्रदर्शन गर्ने निणर्य गरेको हो ।

राप्ती गाउँपालिकाको भालुवाङ, लालमटिया, सिसहनियाँ र पत्थरगढवा क्षेत्रमा मंसिर १९ गते सडक नाटक प्रदर्शन गर्ने तयारी गरेको छ ।
राप्ती गाउँपालिका क्षेत्रमा विभिन्न उदेश्यका साथ काम गर्दै आएका संघ संस्था तथा कार्यालयहरुको संयुक्त बैठकले १६ दिने अभियान सफल पार्न जिम्मेवारी समेत बाडफाड गरेकोे छ ।

राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षता एवम् निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वास विकको विषेश आतिथ्यतामा बसेको संयुक्त बैठकले लैङ्गिक हिंसामा परेका परिवारका श्रीमान श्रीमति विच समविकास तालिम सञ्चालन गर्ने निणर्य पनि गरिएको छ ।

त्यसै गरी लैङ्गिक हिंसा विरुद्धको सचेतना फैलाउन पोष्टर, पम्पलेट वितरण गर्ने निणर्य समेत गरिएको छ । जनप्रतिनिधि, कर्मचारी, नामसालिङ सामुदायिक विकास केन्द्र, प्रहरी, आर आर एन, सुहाआरा, पत्रकार, स्वतन्त्र नेपाल अपाङ संघका प्रतिनिधि विचको बैठकद्धारा लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता सहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूणर्, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा आह्वान गरिएको छ ।

बैठकमा नारायण राउत, जिवनकुमारी चौधरी, दिपक बोहरा, जगविर चौधरी, गोमा पन्थी, देवप्रसाद चौधरी, नितु चौधरी, उषा चौधरी, धर्म यादव, दुखराम सार्की, लक्ष्मीप्रसाद कडेल, सम्झना जिसी, सीता बस्नेत, ओमप्रकाश गुप्ता लगायतको सहभागितामा संयुक्त बैठक बसेको होे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे