दाङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, ७ जना कोरोना मुक्त



दाङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, ७ जना कोरोना मुक्त

दाङ १३ मंसिर । दाङमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २५ जनाको पिसिआर गर्दा दुई महिला र एक पुरुषमा कोरोना पष्टि भएको हो । कोरोनामा पुष्टि हुनेमा तुुलसीपुरका २ जना र घोराहीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यसैविच आज जिल्लामा सात जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा घोराही र तुलसीपुरका तीन तीन जना र लमहीका एक जना रहेको केन्द्रले जनाएको छ । अहिले दाङमा कोरोनाका सकृय बिरामी २५ रहेका छन् । उनीहरु मध्ये ५ जना आईसियू सहितको उपचारमा रहेका छन् भने २० जना घरमै रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे