एमालेको केन्द्रिय समितिमा दाङबाट ७ जना चयन, अन्यको निर्वाचन हुँदै



एमालेको केन्द्रिय समितिमा दाङबाट ७ जना चयन, अन्यको निर्वाचन हुँदै

दाङ १३ मंसिर । नेकपा एमालेको दशौँ महाधिबेशनबाट पार्टीको केन्द्रिय कमिटीमा दाङबाट ७ निर्विरोध जिम्मेवारी प्राप्त गरेका छन् । पार्टीको महासचिबमा शंकर पोख्रेल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी, केन्द्रिय सदस्यमा मुुस्लिम महिला सदस्यमा साजिदा सिद्धिकी र लुम्बिनी प्रदेशबाट महिला सदस्यमा मेनका पोख्रेल निर्विरोध निर्वाचित हुनुुभएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी, केन्द्रिय अनुुशासन आयोगको सदस्यमा दाङबाट छविलाल वली र सरस्वती गौतम, केन्द्रिय लेखा आयोगको सदस्यमा रेवतीरमण शर्मा र सावित्रा विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी, एक उपाध्यक्ष र ५ जना केन्द्रिय सदस्यले भने चुुनाब लड्नुपर्ने भएको छ । उपाध्यक्ष पदमा युवराज ज्ञवाली भिड्नु परेको छ । ६ उपाध्यक्षमा ७ जनाको उमेद्वारी परेको छ ।

त्यस्तै केन्द्रिय सदस्य तर्फ थारु महिला २ जनाको कोटामा ३ जनाको उमेद्वारी परेपछि गंगा थारु निर्वाचनमा जानुु परेको छ । यसैगरी, थारु सदस्य खुुल्ला तर्फ नरुलाल चौधरीको उमेद्वारी परेको छ । ५ सदस्यका लागि ६ जनाको उमेद्वारी परेको हो । साथै खुल्ला सदस्यमा घनस्याम पाण्डे भिडेका छन् ।

८४ सदस्यीय हुने खुुल्ला तर्फ ८५ जनाको उमेद्वारी परेको छ । यसैगरी, खुल्ला महिला सदस्यमा सीता सिग्देल न्यौपाने र कोमल ओलीले प्रतिस्पर्धा गर्दै छन् । ५३ सदस्य खुल्ला महिला सदस्यका लागि ५४ जनाको उमेद्वारी परेको छ । चुनाबी प्रकृया राती ९ बजेपछि सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे