एमाले महासचिवमा पाेख्रेल, श्रीमति र बहिनी केन्द्रीय सदस्यमा निर्वाचित



एमाले महासचिवमा पाेख्रेल, श्रीमति र बहिनी केन्द्रीय सदस्यमा निर्वाचित

दाङ १३ मंसिर। नेकपा (एमाले) को चितवनमा भएको १०औं महाधिबेशनबाट दंगाली नेता शंकर पोखरेल महासचिव र उनकी श्रीमति र बहिनी केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।

केन्द्रीय कमिटीमा पोखरेलकी श्रीमति सुजिता शाक्य र बहिनी मेनका पोखरेल गरि घर परिवार भित्रकै तीन जना निर्वाचित भएका हुन । शंकरकी श्रीमति सुजिता मनोनित संघीय सांसद हुन भने बहिनी मेनका त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा प्राध्यापक हुन ।

नेकपा दाङका अध्यक्ष टीकाराम खड्का भने केन्द्रीय सदस्यमा पर्न सकेनन् । त्यसैले उनले भूगोल अन्तरगत लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । एमाले दाङका संस्थापक नेताहरु शोभाराम बस्नेत र छबिलाल वलीपनि केन्द्रीय सदस्यमा परेनन् । बस्नेतले आफुले नै २०३० को दशकमा वलीलाई पार्टीको सदस्यता प्रदान गरेको बताए ।

पोखरेल मुख्यमन्त्री हुँदा बस्नेतलाई बिघठित लुम्बिनी प्रदेशको सुकुमबासी समस्या समाधान आयोगका संयोजक थिए । वली शंकर मुख्यमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहाकार थिए । उनी एमाले बिभाजनताका केन्द्रीय सदस्य थिए । अहिले उनलाई अनुशासन आयोगमा राखिएको छ । दाङबाट नयाँ केन्द्रीय सदस्यमा शंकरकी बहिनी मेनका, कोमल वली, सीता न्यौंपाने र साजिदा शिद्धिकीले मौका पाएका छन् ।

१०औं महाधिबेशनबाट एमाले सचिवमा प्रस्तावित रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतो केन्द्रीय सदस्य बनाइएकी छिन् । जुलीकुमारी केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मन्त्री थिइन । त्यस्तै एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राईसमेत केन्द्रीय सदस्य बनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे