अर्जुन अधिकारी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश



अर्जुन अधिकारी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश

सिसहनियाँ १३ मंसिर । दाङको राप्ती गाउँपालिका ८ बिजाैरी निवासी अर्जुन अधिकारी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गरेका छन् ।

२०४८ साल देखि राजनीति सुरू गर्नु भएका अधिकारी नेकपा माओवादी केन्द्र परित्याग गरी एकिकृत समाजवादीमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

कठिन परिस्थितिकाे पनि सजिलै सामना गर्न सक्ने सामर्थ्य रहेका अधिकारी एकिकृत माओवादी केन्द्रकाे
जिल्ला सदस्य, निर्वाचन क्षेत्र नम्बर १ काे सह इन्चार्ज, हाल देउखुरी कुखुरा पालन कृषक समुहको अध्यक्ष, ऐरावती कृषि समूहको अध्यक्ष र राप्ती प्रेस मञ्चको अध्यक्षको समेत जिम्मेवारी सम्हालेका छन् ।

अधिकारीको रुचि र क्षमताकाे आधारमा उचित जिम्मेवारी दिइने र हाल अधिकारीलाई लुम्बिनी प्रदेशकाे जिम्मेवारीमा राखिएकाे पार्टीका नेता मेटमणी चाैधरीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे