दाङमा आज देखी भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु



दाङमा आज देखी भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु

दाङ १२ मंसीर । दाङमा आजदेखी भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । जिल्लाका दश वटै पालिकामा भेरोसिल खोपको पहिलो मात्रा लगाउने लक्ष्यका साथ खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । स्वास्थ्य कार्यालयले गत मंसीर ३ गते जिल्लाका सवै पालिकालाई खोप तालिका सहित पत्राचार गरेको जनाएको छ ।

जिल्लाका १८ वर्ष उमेर समुह भन्दा माथिका खोप लगाउन बाँकी सवै नागरिकलाई यस पटक खोप लगाईने भएको छ । सोहि अनुसार तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा आईतवार देखी भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

तुलसीपुरका १९ वटै वडाका नागरिकलाई पाएक पर्ने सम्बन्धित वडाको स्वास्थ्य संस्थाबाट विहिवार सम्म लगातार खोप लगाइने उनले जानकारी दिए । छुटेकाहरुलाई शुक्रवार पनि खोप लगाइएने छ । पहिलो मात्रा लगाएका नागरिकहरुलाई दोस्रो मात्रा खोप आउदो पौष ४ गतेदेखी ८ गते सम्म लगाइने कार्यतालिका रहेको उनले बताए ।

यस्तैगरी बबई गाउँपालिका, दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकामा पनि आजदेखी भेरोसिल खोपको पहिलो मात्राको खोप लगाउन सुरु गरिएको छ । यस्तै आउदो आईतवार देखी घोराही, लमही, राप्ती, गढवा र राजपुरमा भेरोसिल खोपको पहिलो मात्रा सुरु गरिने छ । दोस्रो मात्रा भने आउदो पौष १५ गतेदेखी १९ गते सम्म लगाईने कार्यतालिका सािर्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे