कांग्रेस दाङको सभापतिमा शंकर डाँगी निर्वाचित



कांग्रेस दाङको सभापतिमा शंकर डाँगी निर्वाचित

दाङ १२ मंसिर । नेपाली कांग्रेस दाङको सभापतिमा शंकर डाँगी निर्विरोध निर्वाचित हुनु भएको छ । जिल्ला सभापतिका उम्मेदवार भुव बहादुर डाँगीले पछिल्नो पटक उहालाई सर्मथन गरेपछि डाँगी निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

सभापति पदका लागी पहिलो चरणमा भएको मतदानमा कसैले पनि ५१ प्रतिशत मत लिन नसकेपछि दोस्रो पटक मतदान गर्ने तयारी गरिएको थियो । तर नेताहरुको छलफलका कारण सहमती जुटेपछि डाँगी निर्वाचित हुनु भएको हो ।

सभापतिमा सहमती जुटेपछि मतदान पनि स्थगित गरिएको छ । सभापतिका लागी चार जनाले उम्मेदवारी दिएका थिए । शनिवार भएको मतदानमा सभापति पदका उम्मेदवार शंकर डाँगीले ७७६ र भुप बहादुर डाँगीले ५४६ मत प्राप्त गर्नुभएको थियो । अन्य दुई जनाले भने थौरे मत प्राप्त गर्नुभएको थियो । जिल्लामा दुई हजार एक सय ९२ जम्मा मतदाता रहेकोमा मतदानमा दुई हजार एक सय ३८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे