दाङका ८ पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न, सबैमा सर्वसम्मत नेतृत्व चयन



दाङका ८ पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न, सबैमा सर्वसम्मत नेतृत्व चयन

दाङ १२ मंसिर । दाङमा नेकपा माओवादी केन्द्रको पालिकास्तरीय दोस्रो अधिवेशन तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका बाहेक अन्य सबै पालिकामा पदाधिकारी चयन गरिएको छ । घोराही उपमहानगरपालिकामा अध्यक्षमा प्रमोद शर्मा, उपाध्यक्षमा शुशिला शर्मा, खिमबहादुर चौधरी र रमेश ओली निर्वाचित भएका छन् ।

त्यसैगरी सचिवमा भागिदास चौधरी, सहसचिवमा मने विश्वकर्मा र कोषाध्यक्षमा दिलकुमारी बिक निर्वाचित भएका छन् । त्यस्तै बबई गाउँपालिकामा अध्यक्षमा डिल्ली बुढाथोकी, उपाध्यक्षमा रमेश सुनार, प्रेम जिसी र यज्ञबहादुर ओली निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा अन्जु घर्ती, सहसचिवमा खुमबहादुर बिक र कोषाध्यक्षमा परेकलाल बुढा निर्वाचित भएका छन्।

त्यसैगरी बंगाचुलीमा गाउँपालिकामा अध्यक्षमा डोमकान्त कवर मगर, उपाध्यक्षमा गिरिराज बाँठा, युमना थापा घर्ती, रमा पुन, कोषाध्यक्षमा बासुदेव महरा, सचिवमा दामोदर खड्का र सह–सचिवमा शोभाराज विश्वकर्मा निर्वाचित भएका छन् ।

त्यसैगरी शान्तिनगर गाउँपालिकामा अध्यक्षमा नेवबहादुर रोका, उपाध्यक्षमा खगेन्द्र शर्मा, प्रदिप ओली र रिता बटाला सचिवमा पिमलाल ओली सहसचिवमा हिरा सुनार र कोषाध्यक्षमा जंगबहादुर पुन निर्वाचित भएका छन्।

त्यस्तै दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा मणिराम शर्मा, उपाध्यक्षमा निर्मला चौधरी, ममता परियार र वीरबहादुर ओली सचिवमा दिपक गौतम, सहसचिवमा टंक ओली र कोषाध्यक्षमा हरिबहादुर ककरेल निर्वाचित भएका छन् ।

त्यस्तै गढवा गाउँपालिकामा पनि यामनारायण पोखरेलको अध्यक्षतामा ४९ सदस्य कमिटी गठन गरीएको छ । जसको उपाध्यक्षमा दिपा पुन, बसन्ती चौधरी र देबराज यादब निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा कैलास चौधरी, सहसचिवमा ज्ञानाबहादुर परियार र कोषाध्यक्षमा बसन्त गिरी निर्वाचित भभउका हुन् ।

त्यस्तै राजपुर गाउँपालिकाको अध्यक्षमा चक्रबहादुर खड्का शिखर, उपाध्यक्षमा भोगेन्द्र राजपुत, श्याम रोका मगर, लक्ष्मि चौधरी सचीवमा बिष्णु यादव सहसचिवमा दिलमति यादव र कोषाध्यक्षमा भिम वलि निर्वाचित भएका छन् ।

यस्तै राप्ती गाउँपालिकाको अध्यक्षमा श्यामेश चौधरी, उपाध्यक्षमा राजेन्द्र पराजुली, सुरेश चौधरी, नारायण शर्मा, कोषाध्यक्षमा भगवता शर्मा, सचिवमा तुला गिरी, सहसचिवमा वसन्त नेपाली चयन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे