अमेरिकी सहायकमन्त्री लु नेपाल आउँदै



अमेरिकी सहायकमन्त्री लु नेपाल आउँदै

काठमाडौं १ मंसिर। दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन् । अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार सहायक विदेशमन्त्री लु मालदिभ्सको राजधानी माले हुँदै आज नेपाल आउन लागेका हुन् ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरूलाई भेट्ने कार्यक्रम छ । भेटमा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने अमेरिकी स्टेट डिपार्टमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे