दाङ कांग्रेसको निर्वाचन तालिका सार्वजनिक



दाङ कांग्रेसको निर्वाचन तालिका सार्वजनिक

दाङ १ मंसिर । दाङ जिल्ला निर्वाचन समितिले नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्र्तगत हुन लागेको प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेसनको निवार्चन तालिका सार्वजनिक गरेको छ । जिल्ला निर्वाचन समितिले मंसिर ३, ६ र १० गते हुने प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिबेशनको निर्वाचन तालिका मंगलबार सार्वजनिक गरेको हो ।

मंसिर ३ गते हुने प्रदेश सभा क्षेत्र अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ३ गते विहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म उम्मेद्धार मनोनयन दर्ता गर्ने र ४ गते बिहान ९ बजेदेखी मतदान सुरु हुने जिल्ला निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै प्रदेश सभा क्षेत्रीय अधिवेशन निर्वाचन क्षेत्र १ क को गढवा, १ ख को लमही, २ क को घोराही, २ ख को नारायणपुर, ३ क को तुलसीपुर र ३ ख को श्रीगाउँमा हुने भएको छ भने प्रदेश सभा क्षेत्रिय अधिवेशनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाई सकिएको निर्वाचन समितिले बताएको छ ।

त्यस्तै मंसिर ६ गते हुने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन अन्र्तगत ६ गते उम्मेद्धारर मनोनयन दर्ता र ७ गते मतदान हुने कार्यतालिका रहेको छ । त्यस्तै मंसिर १० गते हुने जिल्ला अधिवेशनका लागि पनि १० गते मनोनयन दर्ता र ११ गते मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे