कक्षा १२ को परीक्षाफल मंसीर १५ भित्र सार्वजनिक गर्ने तयारी



कक्षा १२ को परीक्षाफल मंसीर १५ भित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं १ मंसीर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसीरको दोस्रो हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको छ । तयारी गरेको समय अगावै पनि नतिजा सार्वजनिक हुन सक्ने अर्यालको भनाई छ ।

त्यस्तै बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने लगायतका काम एकैसाथ भइरहेको जानकारी दिएका छन् । कोरोना महामारीका कारण दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।

बोर्डले देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा होम सेन्टर तोकेर परीक्षा सञ्चालनको गरेको थियो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष करिब पौने चार लाख विद्यार्थीले परीक्षामा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे