विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्द खुल्यो



विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्द खुल्यो

भालुवाङ ३० कार्तिक । सरकारले पेट्रोलिमय पदार्थको मूल्य बृद्धि गरेपछि फिर्ता गर्न माग गर्दै आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्द खुलेको छ । विभिन्न आन्दोलनका कार्यक्रम सहित आज एक दिने नेपाल बन्द बेलुकी ५ बजे खुलेको हो । बन्द खुलेसँगै दाङमा सवारी सधान सञ्चालन हुन थालेका छन् । बजारहरु पनि खुले सँगै जनजिवन सामान्य बन्दै गएको छ ।

बन्द कार्यक्रमपछि भालुवाङ पुल्चोक बजारको इच्छुक चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टीका जिल्ला सदस्य तथा श्रमजिवि समुदाय मोर्चा नेपालका केन्द्रिय सदस्य सुरज परियारले सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता नलिए कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

यता दाङकाे घाेराहीमा भएकाे काेणसभालाई सम्बोधन गर्दै दाङ घोराहीमा अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश संयोजक दिपक खड्काले सरकारले बृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य फिर्ता नभए अझ यो भन्दा ठूलो संघर्षको कार्यक्रम गरिने बताए । जनताको संघर्षका कार्यक्रम गर्दा शहिद हुनु परेपनि आफूहरु पछि नहट्ने उनको चेतावनी थियो ।

दललाल पुँजीवादी सत्ताले आफूहरुलाई प्रतिबन्द लगाउदा केही साथीहरु सहिद भएको भन्दै अझै पनि जनताको भलाईका लागि आफूहरु संघर्ष गर्दा सहिद हुन तयार गरेको खड्काले बताए । उनले आजको बन्दलाई सहयोग गरेकोमा प्रशासन, उद्योग व्यावसाय, नागरिक सबैलाई धन्यावाद पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे