देउखुरीबाट पक्राउ परेका विप्लपका १९ जना कार्यकर्ता रिहा



देउखुरीबाट पक्राउ परेका विप्लपका १९ जना कार्यकर्ता रिहा

भालुवाङ ३० कार्तिक ।  देउखुरीबाट पक्राउ परेका विप्लपका १९ जना कार्यकर्ता रिहा भएका छन् । धानखोला र भालुवाङबाट पक्राउ परेका १९ जना कर्यकर्ता बेलुकी ५ बजे पछि रिहा भएको पार्टीका राप्ती गाउँपालिका इन्चार्ज एकराज चौधरीले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय भालुवाङले भालुवाङबाट ७ जना र इलाका प्रहरी कार्यालय गढवाले धानखोला क्षेत्रबाट १२ जना गरी १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पूर्वपश्चिम राजमार्गमा गुड्ने सवारी साधन माथि ढुंगामुढा गर्ने, बाटो बन्द गर्न खोज्ने, अराजक गतिविधि देखाउन खोजेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएर छोडेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिएका छन् ।

भालुवाङबाट यसरी पक्राउ पर्नेहरुमा राप्ती गाउँपालिका वडा नम्बर १ बस्ने समिर परियार, सोही वडाका कृष्ण पुन, वडा नम्बर ५ का नवराज विक, वडा नम्बर ४ का पुस्कर सुनार, सोही वडाकै गौरव भट्टराई, वडा नम्बर २ का अधिक गुरुङ, सोही वडाका मधुन चौधरी रहेका थिए ।

त्यसैगरी धानखोला क्षेत्रबाट पक्राउ पर्नेहरुमा गढवा गाउँपालिका वडा नम्बर १ का होमबहादुर केसी, सोही ठाउँका मोहन गिरी, वडा नम्बर ९ का नरेन्द्र पुन, सोही वडाका शंकर घर्ती, प्रकाश सुनार, पदम खनाल, दिपेन्द्र पुन, आयुष थापा, कणर्बहादुर राना, राज केसी, मनोज कुमाल र पुरन पुन रहेका थिए ।

पेट्रोलियम पदार्थमा हालै भएको मूल्यवृद्धिको बिरोधमा नेत्रविक्रम चन्द (विप्लव) समुहले गरेको नेपाल बन्दका कारण दाङ लगायत देउखुरीका मुख्य बजार सुनसान रहेका थिए । देउखुरीका लमही, गढवा, भालुवाङ, सिसहनिया बजार पूणर्रुपमा बन्द भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे