सिसहनियाँ उद्योग वाणिज्य संघको अध्यक्षमा बुढाथोकी सर्वसहमतीले निर्वाचित



सिसहनियाँ उद्योग वाणिज्य संघको अध्यक्षमा बुढाथोकी सर्वसहमतीले निर्वाचित

सिसहनियाँ २८ कार्तिक । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँमा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनबाट निवर्तमान अध्यक्ष पुणर्बहादुर बुढाथोकी अध्यक्ष पदमा सर्वसहमतीले निर्वाचित भएका छन् ।

३ सदस्यीय पछि मनोनित गर्ने गरी १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसको वाणिज्य उपाध्यक्षमा भागवत ज्ञवाली (भानु), उद्योग उपाध्यक्षमा युवराज सेन, महासचिवमा प्रकाश आचार्य, सचिवमा मदन पोख्रेल, कोषाध्यक्षमा भिमबहादुर चौधरी रहेका छन् । त्यसै गरी सदस्यहरुमा गिरबहादुर ज्ञवाली, निमराज चौधरी, जिवन अधिकारी, बसन्ता डिसी, रामबहादुर चौधरी र प्रसान्त बसेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे