रोल्पाका मृतकहरुप्रति लुम्बिनी प्रदेश मुख्यमन्त्री केसीद्वारा शोक बक्तव्य जारी



रोल्पाका मृतकहरुप्रति लुम्बिनी प्रदेश मुख्यमन्त्री केसीद्वारा शोक बक्तव्य जारी

बुटवल २८ कात्तिक । रोल्पाको घर्तीगाउँमा भएको सवारी जीप दुर्घटनामा परी ज्यान गुमाउने मृत्यकहरुप्रति लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ द्वारा शोक व्यक्तव्य जारी गरेका छन् ।

आइतबार एक बक्तव्यक्त जारी गर्दै ४ जनाको मृत्यु हुने गरी भएको दुर्घटनाले प्रदेश सरकारलाई मर्माहत बनाएको बताउँदै मृतकहरुप्रति भापूर्ण श्रद्धाञ्जली एवं घाइतेहरुको शीघ्र स्वास्थ्य लाभका कामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री केसीद्वारा आइतबार बेलुकी जारी विज्ञप्तीमा भनिएको छः–“ २०७८ कार्तिक २८ गते विहान ११ बजे रोल्पाको माडी गाउँपालिका वडा नं. ६ कोर्चाबाङ हान्निङबाट विहान ११ बजे घर्तीगाउँ बजारतर्फ जादै गरेको रा १ ज ३८२ नम्बरको यात्रुबाहक जीप घर्तीगाउँ बजार नजिकै सवारी दुर्घटनामा परी माडी ६ केर्चाबाङ मिसिडाँडा निवासी ५१ वर्षीय टेकबहादुर पुनमगर, माडी गाउँपालिका हान्निङ कोर्चाबाङ निवासी निवासी ४७ वर्षीय चालक रुद्रबहादुर घर्तीमगर, माडी ६ कोर्चाबाङ रीचा निवासी ४७ वर्षीय चौसरा बिश्वकर्मा र उपचारका लागि रोल्पा अस्पताल रेउघा लैजादै गर्दा रोल्पा नगरपालिका वडा नं. ७ माडीचौरमा माडी ६ कोर्चाबाङ निवासी १८ बर्षीय लिला पुनमगरको बाटोमै भएको दःुखद निधनले प्रदेश सरकारलाई दुःखित एवम् मर्माहत बनाएको छ विज्ञप्तीमा भनिएकाे छ ।

स्वर्गिय मृतकहरुप्रति प्रदेश सरकारको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृतआत्माको चीरशान्तिको कामनासहित दुःखको यस घडीमा सम्पूर्ण मृतकका शोकसनतप्त परिवारजनप्रति गहिरो सवेदना व्यक्त गर्दछु । साथै सोही दुर्घटनामा गम्भीर घाईते विना घर्तीमगर र पञ्चना बिश्वकर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु, विज्ञप्तीमा भनिएकाे छ ।”

सो घटनाको तत्कालै उद्धार गर्ने सबैप्रति धन्यवाद दिर्दै सो विज्ञप्तीमा भनिएको छः–“यस दुर्घटनामा परी मृत्युवरण गर्ने र घाइतेहरुलाई तत्कालै उपचार गर्ने स्वास्थ्यकर्मी, उद्धार कार्यमा सहयोग गर्ने सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधी लगायत सबैमा धन्यवाद व्यक्त गर्दछु ।

साथै मृतकका परिवार र घाइतेहरुको उद्धार, उपचार लागि तत्कालै पहल गर्न सम्बन्धितपक्षलाई निर्देशन गर्दछु ।” रोल्पाको माडी ६ हान्निङबाट सवारी लगेर घर्तीगाउँ जार्दै गर्दा जीप दुर्घटना भएको थियो । घाइतेहरुको जिल्ला अस्पताल रेउघामा उपचार इरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे