अपाङ्गतालाइ राजनैतिक नेतृत्व र सहभागिता बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न



अपाङ्गतालाइ राजनैतिक नेतृत्व र सहभागिता बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुटवल २८ कार्तिक । नेत्रहीन युवा संघ रुपन्देहीको आयोजनामा दृस्टीबिहिन अपाङ्गता भएका नेतृत्वकर्ताहरुका लागि एक दिवसीय राजनैतिक नेतृत्व र सहभागीता विषयक अभिमुखिकरण कार्यक्रम शनिबार बुटवल-१२ तामनगरमा सम्पन्न भएको छ।

संघका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षता एवम् रुपन्देही नेत्रहीन संघका अध्यक्ष कृष्णबहादुर जिसीकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा संघकी फिल्ड अधिकृत अस्मिता क्षेत्रीले लोकतन्त्र, नेपालको संघीय सरकारको संरचना,समावेशीकरण, मतदानमा भाग लिनुको महत्त्व, मतदाता नामावली, नागरिक तथा राजनैतिक प्रक्रियामा सहभागीताको आवश्यक्ताका साथै अपाङ्गता भएका ब्यक्तिहरुको लागि राजनैतिक नेतृत्व र सहभागीताको संबैधानिक कानुन अन्तराष्ट्रिय तथा राष्ट्रिय कानुन,अपाङ्गता भएका ब्यक्तिहरु अधिकार एन २०७४ निर्बाचन एन लयायतका बिषयमा अभिमुखिकरण गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथी कृष्णबहादुर जिसीले अपाङ्गता भएका युवाहरुको नेतृत्व बिकास तथा राजनैतिक सहभागीताका लागि आफू र परिवारको पहिलो भुमिका रहेको बताए । उनले अपाङ्गता भएको ब्यक्तिलाइ राजनैतिक दलका जुनसुकै तहमा समावेश गर्नुपर्ने बताए। उनले निर्बाचन आयोगले मतदाता नामावली संकलन गर्दा र मतदाता परिचय पत्र मा अपाङ्गता खुलाउनु पर्दछ। मतदान स्थल, निर्बाचन सामाग्री अपाङ्गता मैत्री हुनुपर्नेमा जाेड दिएका थिए। उक्त कार्यक्रममा  २४ जनाको सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा नेपाल नेत्रहीन संघका केन्द्रीय सदस्य शिला घिमिरे र नेत्रहीन युवा संघ रुपन्देहीका उपाध्यक्ष जीवन पोखरेल  लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे संचालन सस्थाका सचिब रिसीराम बिसीले  गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे