दाङमा आइतबार थप ४ जना कोरोना संक्रमण पुष्टि, ५ जना संक्रमणमुक्त



दाङमा आइतबार थप ४ जना कोरोना संक्रमण पुष्टि, ५ जना संक्रमणमुक्त

दाङ २८ कार्तिक । दाङमा आइतबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २० जनामा गरिएको पिसिआर परिक्षणमा २ जना महिला र २ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा घोराहीका ३ जना र तुलसीपुरका १ जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले दाङले जनाएको छ । यसैविच आज दाङका ५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

संक्रमण मुक्त हुुनेमा घोराहीका ४ जना र तुलसीपुरका १ जना रहेका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ३० रहेकोे छ । उनिहरु मध्य ३ जना आईसियू सहितको उपचारमा र २७ जना घरमै रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे