सल्यान जीप दुर्घटनाका १२ जना घाइतेको बाँके रेफर



सल्यान जीप दुर्घटनाका १२ जना घाइतेको बाँके रेफर

सल्यान १० कार्तिक । सल्यानमा बलेरो जीप दुर्घटना हुँदा घाइते भएका १२ जनालाईनै थप उपचारका लागि बाँके रेफर गरिएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको हो । आज बुधबार विहान साढे ९ बजेतिर सल्यानको मर्मपरिकाँडाबाट बाँकेको नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ज ९३० नम्बरको बलेरो जीप कुमाख गाउँपालिका वडा नं. २ धावपानीखोला नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिए ।

घाइतेमध्ये कुमाख गाउँपालिका वडा नं. २ का ३६ वर्षीय बुद्धि थापा, २९ वर्षीया दुर्गा खत्री र ३२ वर्षीया लोकमाया पुनको अवस्था गम्भीर रहेका छ । घाइतेहरुलाई सामान्य उपचारपछि थप उपचारका लागि बाँके रेफर गरिएको अस्पताललाई उदृत गर्दै प्रहरीले बताएको छ ।

जीप सडकबाट झण्डै ६० मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ । त्यस्तै प्रहरीले सवारी चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे