तुलसीपुरको फुलवारीमा ३० वटा खसीबाख्राकाे मृत्यु



तुलसीपुरको फुलवारीमा ३० वटा खसीबाख्राकाे मृत्यु

तुलसीपुर १० कार्तिक । दाङको तुलसीपुर १३ फुलबारीमा किसानले पालेका ३० वटा खशीबाख्रा मरेका छन् । स्थानीय दिए । उहाका अनुसार हिरामती चौधरीको ४ वटा खसी र ७ वटा बाख्रा गरी ११ वटा, लालबहादुर चौधरीको २ वटा बाख्रा, शान्ता चौधरीको ६ वटा बाख्रा, बलविर चौधरीको ४ वटा बाख्रा, मनोज चौधरीको ४ वटा बाख्रा र पुर्णबहादुर चौधरीको २ वटा बाख्रा मरेको उनले जानकारी दिए ।

केहि हप्ता देखी खसीबाख्रामा पखाला हुने गरेको थियो । झन्डै पन्ध्र दिनको अवधीमा उक्त संख्यामा खशीबाख्रा मरेका हुन् । अझै पनि सात÷आठ वटा खसीबाख्रा विरामी परेको पशु सेवा शाखा तुलसीपुरका शाखा अधिकृत सुवास आचार्यले जानकारी दिए । खसीबाख्रा मरेको भन्ने खबरपाएपछि आफुहरु फुलवारी पुगेर जानकारी लिएको बताउदै उनले समयमै किसानहरुले पशु उपचारमा ध्यान नदिदा यति धेरै क्षति भएको बताए ।

बर्षातको समयमा बाख्रालाई खानपानको कमजोरी,चरणमा भिजेका कारण पखला र ज्वरो आउने जस्ता लक्षण देखीएको उनले बताए । आफुहरुले पिडित किसानहरु संग भेट गरी बाँकी विरामी भएका बाख्राहरुलाई औषधी र परामर्श दिएर फर्किएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे