राजपुरकाे महतिनी खोलामा पहिलो पटक बत्ती पुग्दा स्थानीय खुसी



राजपुरकाे महतिनी खोलामा पहिलो पटक बत्ती पुग्दा स्थानीय खुसी

राजपुर १० कार्तिक । देउखुरीकाे  राजपुर गाउँपालिका वडा नम्बर ५ को महतिनी खोलामा विद्युत विस्तार भएको छ । ८२ घरधुरी रहेको गाउँमा कार्तिक ५ गतेदेखि पहिलो पटक विद्युत पुगेपछि स्थानीय खुशी भएका छन् ।

पहिलो पटक बत्ती बालेर गाउँ झलमल हुँदा स्थानीय दलबहादुर गिरी खुशीले दंग भएको बताउनुभयो । नेपाल विद्युत प्राधिकरण लमही वितरण शाखाबाट आर्थिक वर्ष २०७७/०७८ मा विद्युत विस्तार गरेपछि कार्तिक ५ गते बिजुली बाल्न थालिएको गिरीले बताए ।

गढवा, राजपुर ग्रिडको चंगुवा, पथरैया, नयाँवस्ती, हथिहवा, सिमलखुटी हुँदै उक्त महतिनिया खोलासम्म करिब छ किलोमिटरमा विद्युत लाइन विस्तार गरिएको छ । विद्युत पुगेपछि चंगुवा, जंग्रहवा लगायतका गाउँहरुमा कुटानी पिसानी गर्न पनि सहज भएको स्थानीय भुमिसरा गिरीले बताइन् ।

आर्थिक वर्ष २०७७/०७८ मा नेपाल विद्युत प्राधिकरण लमहीको पूर्ण अनुदानमा गरिएको विद्युत लाइन विस्तार कार्यमा रोल्पा निर्माण सेवा प्रालिले जिम्मा पाएको थियो । उक्त विद्युत विस्तारबाट ८२ घरधुरीका एक हजार बढी जनसंख्या लाभान्वित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे