दाङमा आज ४ जनामा कोरोना संक्रमण पुष्टि, २ जना निको



दाङमा आज ४ जनामा कोरोना संक्रमण पुष्टि, २ जना निको

दाङ १० कार्तिक । दाङमा आज कोरोनाका ४ जना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २० जनामा गरिएको पिसिआर परिक्षणमा लमहीका २ जना, गढवा र बबईका एक एक जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।

आज घोराही र गढवाका एक एक जना महिला कोरोना मुक्त भएका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामी ३४ जना रहेको छ । उनिहरु मध्य ३२ जना घरमा र २ जना प्रतिष्ठानमा अक्सिजन सहितको उपचारमा रहेका छन् ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे