दाङको १० वटै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन, राप्तीको अध्यक्षमा मदन अधिकारी



दाङको १० वटै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन, राप्तीको अध्यक्षमा मदन अधिकारी

दाङ ९ कार्तिक । नेकपा एमालेको प्रथम पालिका अधिवेशन मंगलवार दाङमा सम्पन्न भएको छ । दाङको १० वटै पालिकामा सर्वसम्मतबाट नयाँ नेतृत्व चयन भएको छ ।

पार्टीका जिल्ला अध्यक्ष टिकाराम खड्काका अनुसार एमाले राप्ती गाउँपालिका संगठन कमिटिको प्रथम गाउँ अधिवेशनले मदन अधिकारीको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका संगठन कमिटी सर्बसम्मत चयन गरेको छ । उपाध्यक्षमा कमलापती चौधरीे, सचिवमा भरतमणी न्यौपाने, उपसचिवमा रामबहादुर सुनार र रामबहादुर केसी सर्वसहमतीबाट चयन भएका छन् ।

त्यस्तै एमाले गढवा गाउँपालिका संगठन कमिटिको प्रथम गाउँ अधिवेशनले बाबुराम अधिकारीको अध्यक्षतामा ५३ सदस्यीय गाउँपालिका संगठन कमिटी सर्बसम्मत चयन गरेको छ । त्यसै गरी उपाध्यक्षमा मधा न्यौपाने, सचिवमा शिवराज पन्थी, उपसचिवमा केशरी गिरी र मानबहादुर वली सर्वसहमतीबाट चयन भएका छन् ।
गाउँपालिका कमिटी ७५ जनाको हुने प्राबधान बमोजिम ९ महिला सहित २२ जना पछि थप गर्ने गरि पालिका अधिवेशन सम्पन्न भएको मतदान अधिकृत बासुदेव बेल्बासेले जानकारी दिएका छन् । पार्टीका गढवा गाउँपालिका संगठन कमिटीका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन प्रदेश कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य गंगा चौधरी सत्गौंवाले गरेकी थिइन् ।

त्यसै गरी लमही नगरपालिकामा दण्डीराम चौधरी अध्यक्षमा निर्वाचित भएका छन् । लमहीमा चौधरीको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कमिटी गठन भएको हो । नवगठित कमिटीको उपाध्यक्षमा पुनम गिरी, सचिवमा भानु जोशी, उपसचिमा अनिता शर्मा र सुर्दशनराज थापा चयन भएका छन् ।

त्यसै गरी राजपुर गाउँपालिकामा हेमकुमार जिसीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी बनेको छ । उपाध्यक्षमा गोविन्द नेपाली, सचिवमा मन्साराम यादव, उपसचिवमा सिमाली झाँक्री र लोकबहादुुर खड्का चयन भएका छन् ।

बंगलाचुलीमा पुष्पराज भण्डारीको अध्यक्षतामा ४७ सदस्यीय कमिटी बनेको नेकपा एमालेका प्रदेश कमिटि सदस्य तथा बङ्गलाचुलि गाउँपालिकाका लागि जिल्ला प्रतिनिधीरुपमा खटिएका बलिभद्र रानाले बताए । उपाध्यक्षमा भीमबहादुर खत्री, सचिवमा भोजराज पन्त र उपसचिवमा धनबहादुर खड्का चयन भएका छन् ।

यसैगरी घोराही उपमहानगरपालिकामा भुवन चौधरी अध्यक्षमा निर्वाचित भएका छन् । घोराहीमा चौधरीको अध्यक्षतामा ७९ सदस्यीय नयाँ कमिटी गठन भएको हो । नवगठित कमिटीको उपाध्यक्षमा तारा पुरी, सचिवमा इन्द्र बुढाथोकी, उपसचिमा काशी खनाल र कुलबहादुर गोतामे चयन भएका छन् ।

यस्तै, नेकपा एमाले शान्तिनगर गाउँपालिकाको अध्यक्षमा धनबहादुर केसी, उपाध्यक्षमा थम्मन कनौ, सचिवमा टीकाराम रिजाल, उपसचिवमा राकेश बुढाथोकी र शान्ति कँडेल चयन भएका छन् ।

शान्तिनगरमा ४३ सदस्यीय कमिटी बनेको छ । त्यस्तै दंगीशरणमा रेशम वली बबई गाउँपालिकामा जितबहादुर वली, तुलसीपुर उपमहानगरपालिकाको नगर कमिटी अध्यक्षमा माधब वली अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे