तुलसीपुरमा साढे चारसय बढी कुकुरलाई रेविज विरुद्धको खोप लगाइयो



तुलसीपुरमा साढे चारसय बढी कुकुरलाई रेविज विरुद्धको खोप लगाइयो

दाङ १२ असोज । दाङको तुलसीपुर क्षेत्रमा साढे चारसय बढी कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको छ । तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखा कार्यालयले १५ औँ विश्व रेविज विरुद्धको खोप दिवसका अवसरमा संचालन गरेको खोप शिविर कार्यक्रम मार्फत तुलसीपुर क्षेत्रका घरपालुवा र छाडा तथा भुस्याहा कुकुर गरी सोमवारसम्म साढे चार सय कुकुरलाई रेविज विरुद्धको खोप दिईएको शाखा अधिकृत सुवास आचार्यले जानकारी दिएका छन् ।

दिवसकै अवसरमा संचालन गरिएको खोप शिविरमा पाँच सय कुकुरलाई रेविज विरुद्धको खोप लगाउने लक्ष्य राखिएकोमा अहिलेसम्म साढे चारसय बढी कुकुरले रेविज विरुद्धको खोप लगाएको उनले जानकारी दिए ।

“रेविजः तथ्य बुझौँ, त्रसित नहोऔँ”भन्ने नाराका साथ गत भदौ २९ गतेदेखि असोज १२ गते सम्मका लागि खोप शिविर आयोजना गरिएको हो । शिविरको अन्तिम दिन मंगलवार पनि जारी रहेको उहाँले बताउनुभयो । साथै उनले घरपालुवा तथा भुस्याहा कुकुरलाई रेविज विरुद्धको खोप दिन सके यस रोगबाट सुरक्षित हुने भएकाले कुकुरलाई खोप लगाउन किसानहरुलाई आग्रह गरे । रेविज एउटा भयावह रोग भएको भन्दै नागरिकमा त्रास फैलिएको हुदा यस रोग बारे जानकारी दिने उद्देश्यका साथ प्रत्येक वर्ष विश्व रेविज विरुद्धको दिवस सेप्टेम्वर २८ तारिखमा मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे