दाङ थप ७ जनामा कोरोना संक्रमण पुष्टि, २ जना कोरोना मुक्त



दाङ थप ७ जनामा कोरोना संक्रमण पुष्टि, २ जना कोरोना मुक्त

दाङ १२ असाेज । दाङमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २० जनाको पिसिआर र विभिन्न स्थानिय तहमा १२ जनामा एन्टिजेन परिक्षण गर्दा ४ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेमा घोराही र राप्ती ३÷३ जना र तुलसीपुरका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज दाङका २ जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा घोराही र राप्तीका १÷१ जना रहेको केन्द्रले जनाएको छ ।

आज थप ७ जना सँगै दाङमा सकृय बिरामीको संख्या ५९ रहेको छ । ति मध्य घरमा ५१ जना, ५ जना आईसियूमा र ३ जना अक्सिजनमा उपचाररत रहेको केन्द्रले जनाएको छ । यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ८८ जना पुगेको छ । ति मध्य ८ हजार ८ सय १४ जना निको भएका छन भने २ सय १५ जनाको मृत्युु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे