देशभर मंगलबार थप १,१५८ जनामा काेराेना सङ्क्रमण पुष्टि, १,३१८ जना संक्रमणमुक्त, १२ जनाकाे मृत्यु



देशभर मंगलबार थप १,१५८ जनामा काेराेना सङ्क्रमण पुष्टि, १,३१८ जना संक्रमणमुक्त, १२ जनाकाे मृत्यु

काठमाडौं १२ असोज । देशभर मंगलबार थप  १ हजार १ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९सय ४ जना र २ हजार ३ सय ३१ एन्टिजेन परीक्षण गर्दा २ सय ५४ गरी १ हजार १ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै मंगलबार नै कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १ हजार ३१८ जना निको भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९३ हजार २ सय ७१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १ सय १५ पुगेको छ भने ७ लाख ६३ हजार ७ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय २२ जना रहेका छन् । जसमध्ये १७ हजार १ सय २५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २सय ९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ३सय ६४ जना आईसीयू र १सय २० जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७८ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २ सय ७०, झापामा ७३, ललितपुरमा ६९, कास्कीमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुर र रुपन्देहीमा ४४/४४ जना, सुनसरीमा ४३, मोरङमा ४२, चितवनमा ४०, सुर्खेतमा १५, धनुषा र काभ्रेपलाञ्चोकमा १२/१२ जना, पाल्लामा ११ र तनहुँमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे