परराष्ट्र मन्त्री खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट



परराष्ट्र मन्त्री खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाण्डाै १२ असाेज । परराष्ट्र मन्त्री डा. नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मन्त्री खड्काको शपथ कुनै पनि कानुनी व्यवस्था र कानुनी स्रोतविना नै भएको भन्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । रिटको पेसी भाेलि बुधवारका लागि तोकिएको छ ।

गएकाे असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष खड्काले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो तर आज रिट दर्ता गराएका अधिवक्ता विशाल न्यौपानेले संविधानअनुसार कानुन बनाएर शपथ नलिएसम्म खड्कालाई परराष्ट्र मन्त्रीको हैसियतमा काम नगर्न/नगराउन अन्तरिम आदेशको माग गरेका छन् ।

रिट निवेदनमा नेपालको संविधानको धारा ८० अनुसार सङ्घीय कानुन नबनाइ कसैलाई पनि मन्त्रीको हैसियतमा शपथ ग्रहण नगर्न/नगराउन सर्वोच्चबाट अन्तरिक आदेश जारी हुनुपर्ने माग गरिएको छ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत शपथमा भएका केही विषय परिवर्तन गरेको थियो तर अध्यादेश संसदबाट पारित नभइ निष्क्रिय भएकाले देशमा अहिले शपथसम्बन्धी कानुन नै नरहेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे