सर्वहित सहकारीको अध्यक्षमा : जागेन्द्र चौधरी



सर्वहित सहकारीको अध्यक्षमा : जागेन्द्र चौधरी

मौरीघाट १२ असोज । सर्वहित बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जागेन्द्र चौधरी सर्वसहमतीले चयन भएका छन् । राप्ती गाउँपालिका ४ मौरीघाट श्रीनारायण चोकमा रहेको सो संस्थाको हालै भएको नवौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो ।

त्यसै गरी उपाध्यक्षमा निर्मला चौधरी, सचिवमा कल्पना चौधरी, कोषाध्यक्षमा खिमा चौधरी चयन भएका छन् । भने सदस्यहरुमा मञ्जु पाण्डे, अनिता गौतम, मता केसी, बुद्धिमान चौधरी, रमेश चुहान रहेका छन् । भने लेखा सुपरिक्षेण समितिको संयोजकमा रामप्रसाद चौधरी र सदस्यहरुमा शरद चौधरी र मेनुका गिरी रहेका छन् ।

संस्थाका अध्यक्ष राजेन्द्र चौधरी थारुको अध्यक्षता एवम् राप्ती गाउँपालिका आर्थिक विकास शाखाका प्रमुख महेश अधिकारीको प्रमुख आतिथ्यता र सल्लाहकार दयाराम चौधरीको विशिष्ट आतिथ्यतामा भएको सभामा वार्षिक प्रगती प्रतिवेदन सचिव जागेन्द्र चौधरी र आर्थिक प्रतिवेदन निर्मला चौधरी, बचत सम्बन्धी जानकारी लेखा संयोजक रामप्रसाद चौधरी र सदस्य कल्याण कोष सम्बन्धी जानकारी लेखा सदस्य विष्णु पोख्रेलले प्रस्तुत गरेका थिए ।

सभामा नमुना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर केसी, सानो व्यापारी समुहका अध्यक्ष रामबहादुर केसी, मौरीघाट टोल सुधार समितिका अध्यक्ष बुद्धिप्रकाश चौधरी, पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सभामा आर्थिक वर्ष २०७७÷७८ मा उत्कृष्ट कार्य गरेको भन्दै असल सञ्चालक विष्णु पोख्रेल, असल कर्मचारी सिता चौधरी, जेष्ठ सदस्य मगनी चौधरी, असल बचत कर्ता विशेश्वर चौधरी, असल ऋणी उमबहादुर भण्डारी, असल बाल बचतकर्ता अस्टम चौधरी, आस्विन चौधरी र अपाङ सदस्य रिजन चौधरीलाई नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गरिएको थियो ।

त्यस्तै संस्थाद्धारा गठित ७ वटा बाल समुहलाई १÷१ थान गुन्द्री, झोला, क्याल्कुलेटर र रजिष्टर प्रदान गरिएको थियो । भने संस्थाका सञ्चालक समिति सदस्य राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट निवासी भरथरी चौधरीले ५ हजार ५ सय रुपैयाँ बराबरको एक वटा रोष्टम सौजन्य गरेका थिए । कल्पना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव जागेन्द्र चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे